नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विभाग
बाली विकास तथा कृषि जैविक विवधता संरक्षण केन्द्र
कृषि विकास फार्म
सुन्दरपुर,कञ्चनपुर

हाम्रो बारेमा

कृषि उत्पादन बढाउनका लागी असल बीउ एक महत्वपुर्ण कडीको रुपमा रहेको छ । यस सँगै सिंचाई, मलखाद, उन्नत प्रविधि, यातायात, विद्युत र प्राविधिक ज्ञान सिपको पनि अपरिहार्यता हुन जान्छ, यसको फलस्वरुप कृषि विकासका लागी संस्थागत प्रयास वि.स. १९७८मा कृषि अड्डाको स्थापना पछि भएको पाइन्छ यसरी देशमा आउने राजनैतिक परिवर्तन सँगै कृषिको योजना बृद्धि विकासका लागी सयम सापेक्ष रुपमा कृषि विकासका लागी बिभिन्न प्रयासहरु भएका छन । कृषि पायलट फार्मको स्थापना सिचाई मन्त्रालय अन्तरगत २०३७ सालमा स्थापना गरिएकोमा फार्मको कुल २४ हेक्टर क्षेत्रफल उक्त आयोजनाको नाममा  फिल्ड बुक कायम रहेकोमा तत्कालीन कृषि पायलट प्रोजेक्टको अवधारण अनुरुप साविक सुडा गा.वि.स वडा नं. ४ को बन्दरपुर कटान क्षेत्रमा अवस्थीत महाकाली सिँचाइ परियोजनाको कृषि पायलट फार्म सुन्दरपुर तत्कालिन श्री ५ को सरकार म.प.को मिति २०५९।४।३ को निर्णय अनुसार सिंचाई बिभाग अन्तर्गत रहेको कृषि पाईलट फार्म सुन्दरपुर कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत कृषि बिभाग लाइ हस्तान्त्ररण गर्ने निर्णय भएकोमा यस सिलिसिलामा कृषि विभागले तत्कालीन जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका प्रमुख देवराज भट्ट लाइ प्रतिनिधि तोकिएकोमा सोहि अनुरुप जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरलाइ साविक पायलट फार्ममा र सो अन्र्तगत रहेका घर,जग्गा र १८ जना कर्मचारीहरु समेत हस्तान्तरण भएको पाइएको छ यस पछि उक्त जग्गा आ.व. ०६०÷६१ देखी सविक क्षेत्रीय कृषि तालीम केन्द्र सुन्दरपुर कञ्चनपुरको स्वामित्वमा आइ कार्यक्रमहरु सञ्चालन गरेको र कृषि बिभागको मिति २०६५।१०।३ को निर्णय अनुसार क्षेत्रीय कृषि तालीम केन्द्र, सुुन्दरपुरको स्वामित्वमा रहेको जग्गा यस सुन्दरपुर फार्म परिसर भित्र रहेका ३ वटै प्रयोगशालाहरुलाई ५, ५ कठ्ठाको दरले र क्षेत्रीय कृषि तालीम केन्द्रको लागि प्रर्दशन अध्ययन कार्य गर्न १० कठ्ठा जमिन छुट्याई बाँकी जमिन आ.व. ०६४÷६५ देखि क्षेत्रीय बीउ बिजन प्रयोगशाला सुन्दरपुरले  धान तथा गँहु बालीको श्रोत बीउ उत्पादन गर्दै आईरेहेकोमा नेपाल सरकार को मिति २०७५।३।२७ गतेको निर्णयवाट स्वीकृत नयाँ संघीय संगठन संरचना अनुसार कृषि विभाग मातहत रहेको केन्द्रीय निकाय बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गत रहने गरि कृषि विकास फार्म, सुन्दरपुर, कञ्चनपुर को स्थापना भएको हो ।

साविक कृषि पायलट फार्ममा करिव साढे १४.५ हेक्टर क्षेत्रफलमा फैलिएको यस फार्म भित्र १३ हेक्टर जमीनमा श्रोत बीउ उत्पादन, १.५ हेक्टर जमीनमा माछा पोखरी, र आँप वगैंचा समेत रहेको छ । यस कार्यालयले कृषि विकास फार्मको क्षेत्र भित्र विभिन्न वालीका, धान गहु तोरी मुसुरो र मकैको श्रोत वीउ उत्पादन गरि बिभिन्न बीउ उत्पादक संघ सस्था कम्पनीहरुलाइ विक्री वितरण गरि रहेको छ, यसका साथै कषि जैविक विविधता संरक्षणको लागी विभिन्न बालीका रैथाने जातहरुको डाइभर्सिटि ब्लक निर्माण  गर्ने ,कृषकहरुलाई बीउ उत्पदन तथा ब्यवस्थापन सम्बन्धी तालिम दिने र उन्नत कृषि प्रविधिहरुको प्रदर्शन गर्ने जस्ता कार्यहरु हुदै आइरहेको छ । 

३. भौगोलिक स्थिति ः नेपालको सुदुपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा, जिल्ला सदरमुकाम महेन्द्रनगरको भिमदत्त न.पा.बाट करिब १० कि.मी. पूर्व दक्षिण र पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेदकोट न.पा.को लालपुरबाट ३.५ कि.मी. दक्षिणतर्फ सोहि न.पा.को वडा नं. ०९ स्थित सुन्दरपुरमा तत्कालिन महाकाली सिंचाई आयोजनाको कम्प्लेक्स भित्र  कृषि विकास फार्म रहेको छ ।

४. तापक्रम र वर्षा ः

समुन्द्र सतहबाट १७६ मी. उचाइमा रहेको यस फार्मको २८ २२ उत्तरी अक्षांस र ८० ३ पूर्वी देशान्तरमा फैलिएको छ । यहाँको अधिकतम तापक्रम ४०.५से. र न्यूनतम तापक्रम १७.५ से. तथा वार्षिक औषत वर्षा १५७५ मि.मी. रहेको छ । 

 
Scroll to Top