उपलब्धीहरु
-कृषि विकास फार्मको क्षेत्रभित्र खाद्यान्न वाली, नगदे वालीहरुको श्रोत वीउ उत्पादन तथा विक्री वितरण गर्ने ।
-खाद्यान्न र नगदे वालीको श्रोत वीउ आपूर्ती तथा वजार व्यवस्थापनको लागि व्यवसायिक वीजवृद्धि वीउ आत्म निर्भर कार्यक्रमहरु संचालन गर्न प्राविधिक सेवा प्रदान गर्ने ।
-फार्मभित्र रहेको आँपको वर्गैचा तथा माछा पोखरीवाट उत्पादित आँप एवं माछा विक्री वितरण गर्ने ।
-मौसम अनुसारका विभिन्न तरकारी वालीका वेर्ना तयार गरी विक्री वितरण गर्ने ।
-कृषक स्तरमा देखिएका विभन्न वालीका उत्पादनमुलम समस्या पहिचान गरी सो को समाधानको लागि आवश्यक अध्ययन÷ अनुसन्धान गर्ने ।
-कृषि विकास संग सम्वन्धित कार्यमा संलग्न रहेका विभिन्न सरकारी , गैर सरकारी र निजी निकायहरु विच आवश्यक समन्वय गर्ने ।
-विभिन्न खाद्यान्न तथा नगदे वालीहरुको उत्पादन र उत्पादकत्व अनुमान गर्ने र तथ्यांक संकलन गर्ने ।
-स्थानीय स्तरका महत्वपुर्ण वालीहरुको पहिचान गरि सो को संरक्षण, प्रवद्र्धन एवं प्रयोगको लागि कृषि जैविक विविधता संरक्षण व्लकहरु स्थापना गर्ने ।
-कृषि क्षेत्रमा उपलव्ध उन्नत एवं स्थानीय प्रविधिहरुको परीक्षण एवं प्रदर्शन गर्ने ।
-सेवाग्राहीहरुको गुनासो सुन्ने र सम्वन्धित विशेषज्ञ मार्फत परामर्श सेवा उपलव्ध गराउने, सरोकारवालाहरुलाई सूचना प्रदान गर्ने ।