कार्यालय प्रमुखको भनाई
गुणस्तरीय बीउ प्रयोग गरेमा मात्र १५ देखि २० प्रतिशत उत्पादनमा वृद्धि हुन सक्ने तथ्य अनुसन्धानबाट प्रमाणित भई सकेको छ। यहि तथ्यलाई हृदयंगम गर्दै नेपाल सरकारले कृषि विकासको थालनी देखि नै सरल र सहज रुपमा गुणस्तरीय बीउ उपलब्ध गराउन यथाशक्य प्रयासहरु गर्दै आइरहेको छ। यसका संगै बीउ उत्पादन गर्नका लागि कृषक समूह ,सहकारी तथा निजी फार्महरुलाई बीउ उत्पादनको लागि अनुदान श्रोत बीउ उपलब्ध गराउने, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्दै आएकोमा यस कृषि विकास फार्म सुन्दरपुर कञ्चनपुरको स्थापना भए देखि फार्मको कार्य प्रकृति अनुसार यस फार्मको परिसरमा १३ हेक्टर क्षेत्रफल जग्गामा धान,गहुँ,मसुरो, मकै,तोरीको श्रोत बीउ उत्पादन गरि उक्त बीउ सुदुरपश्चिम,कर्णाली,लुम्बिनी र मधेश प्रदेशमा बीउ बीउ उत्पादन गर्ने विभिन्न बीउ उत्पादकहरुलाई उपलब्ध गराउदै आएको छ । साथै रैथाने एवं स्थानीय बालीहरुलाइ संरक्षण तथा सम्बद्र्धन गर्नका लागि फार्म परिसरमा जैविक विविधता ब्लक स्थापना गरेर कृषि जैविक विविधता संरक्षण गरिरहेको छ । गुणस्तरीउ बीउ उत्पादन त्यसैमा चुनौतीपुर्ण छ । सही समयमा सही जातको उन्नत बीउ कृषकलाई अझै पनि पर्याप्त मात्रामा पुग्न सकेका् अवस्था छैन, बीउ बिजनलाई सरकारी तवरबाट थप व्यवस्थित र प्रभावकारी बनाउन बीउ बिजन वासलातको प्रभावकारी कार्यान्वयन गर्न सकेमा खास गरि यस फार्मबाट सुदुरपश्चिम प्रदेशको लागि आवश्यक पर्ने श्रोत बीउ उपलब्ध गराई भिजन २०१३( २०२५ ले अंगिकार गरेको लक्ष्य हासिल गर्नमा समेत सहयोग पुग्नुका साथै सर्वसुलभ रुपमा कृषकहरुलाई उन्नत बीउ उपलब्ध भई उत्पादनमा वृद्धि मार्फत खाद्य सुरक्षामा टेवा पुग्ने छ ।
बीउ उत्पादन तथा व्यवस्थापन गर्नमा हरेक बीउ उत्पादक तथा संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको हुन्छ । गुणस्तरीय बीउ उत्पादन गरि कृषि पेशालाई थप व्यवस्थित बनाउन आफ्नो व्यवसायिक धर्मको पालना गरि इमान्दारिता पुर्वक अगाडि बढेमा पक्कै पनि गुणस्तरीय बीउ उपलब्ध हुनेछ ।
बासुदेव भट्टराई
निमित्त कार्यालय प्रमुख
सम्बन्धित लिंक्स
- -नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय
- -भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
- -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- -राष्ट्रिय किताबखाना (निजामती)






